प्रम ओलीकाे निर्देशन फागुनपछि काठमाण्डौका सडकमा खाल्डा नदेखिउन


प्रम ओलीकाे निर्देशन: फागुनपछि काठमाण्डौका सडकमा खाल्डा नदेखिउन प्रम ओलीकाे निर्देशन: फागुनपछि काठमाण्डौका सडकमा खाल्डा नदेखिउन
मन्त्रिपरिषद्को पुनर्गठनपछि पहिलो पटक मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न पनि निर्देश गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । विकासका लागि सरकारको सामर्थ्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले तत्परता अपनाउन निर्देशन दिनुभयो ।‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाण्डौ उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्डा छन् भन्ने देखिनु हुँदैन’, प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वाभाविक हो, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु हुँदैन ।’‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्काे निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्‍यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनु पर्‍यो ।’

Comments

Popular posts from this blog

इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको सांसद मोहम्मद अफताब आलमलाई बयानको प्रश्नउत्तर!

Dr CK Raut Biography Introduction leader of Nepal

Muhammad Aftab Alam Congress Leader attempted to murder