ब्राजिलको रिओ दि जेनेरिओ सहरमा दिउँसै मगन्ते युवतीलाई पैसा मागेको निहुँमा पैदलयात्रु एक युवकले पेस्तोल प्रहार गरी हत्या



ब्राजिलको रिओ दि जेनेरिओ सहरमा दिउँसै मगन्ते युवतीलाई पैसा मागेको निहुँमा पैदलयात्रु एक युवकले पेस्तोल प्रहार गरी हत्या गरेको भिडियो यहाँको टेलिभिजनले सार्वजनिक गरेको छ ।

ती युवतीले पैदलयात्रुसँग ब्राजिलियन एक रियल मागिरहेको भिडियोमा देखिन्छ । तर युवकले अचानक प्यान्टभित्रबाट पेस्तोल झिकेर नजिकैबाट प्रहार गरेको देखिन्छ । त्यसपछि आक्रमणकारी शान्तसँग हिँडिरहेका देखिएका छन् । केही बेरमै तिनै युवा मृतक युवतीलाई बचाउन अत्तालिँदै युवती भएछेउ पुगेर बचाउन प्रयास गरेका छन् ।

ती युवाको नाम अदेर्बल रामोस दे क्यास्त्रो भएको बताइएको छ । ब्राजिलियन प्रहरीका अनुसार ती महिलाले ब्राजिलियन एक रियल मात्रै मागेकी थिइन् । स्थानीयहरुका अनुसार ती ३१ वर्षीया मगन्ते महिलाको नाम जिल्दा हेनरिक दोस सान्तोस लियान्द्रो हो । जसलाई स्थानीयहरु निया भनेर बोलाउँथे । साथै ती घरबार विहीन महिला सडक छेउमै बस्दैआएकी थिइन् ।

Comments

Popular posts from this blog

Dr CK Raut Biography Introduction leader of Nepal

इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको सांसद मोहम्मद अफताब आलमलाई बयानको प्रश्नउत्तर!

Muhammad Aftab Alam Congress Leader attempted to murder