इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको सांसद मोहम्मद अफताब आलमलाई बयानको प्रश्नउत्तर!


इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको सांसद मोहम्मद अफताब आलमलाई बयानको प्रश्नउत्तर!
1. न्यायाधीश – तपाईको नाम थर वतन के हो ?
आलम – मेरो नाम मोहम्मद आफताब आलम हो । मेरो घर राजपुर हो ।
2. वारदात भएको मिति २०६४ चैत्र २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?
आलम – त्यस बखतको मोबाइल नम्बर मलाई सम्झना छैन ।
3. तपाईंको जन्म मिति कति हो ? अहिले कति वर्षको हुनुभयो ?
आलम – म २०१९ सालमा जन्मेको हो । अहिले ५७ वर्षको भए ।
4.तपाईको स्थायी ठेगाना के हो ?
आलम – म राजपुर नगरपालिका ४ मा बस्छु ।

5.तपाई के काम—पेशा व्यवसाय गर्नु हुन्छ ?
आलम – मैले २०३६ सालदेखि नै राजनिति गरेको छु । मेरो अन्य पेशा व्यवसाय छैन ।

https://youtu.be/iGurQG-ogrY

6. तपाई र तपाईंको अंशबण्डा नभएका परिवार कोको सदस्यका का नाममा के कति चल अचल सम्पत्ति छ ?
आलम – मेरो १२ जनाको सगोलको परिवार छ । मेरो परिवारजनहरुको समेत नाममा जोडेर २२ बिघा जति जग्गा छ । चल सम्पति खासै छैन ।
7. तपाईंले कुन विद्यालय कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ ?
आलम – मैले बिएस्सी सम्मको अध्ययन गरेको छु ।
8.. तपाईको स्वास्थ्य अवस्था के छ ? प्रहरी हिरासतमा कुनै किसिमको याताना दिएको छ कि छैन ?
आलम – मेरो स्वास्थ्य ठीक छ । म रक्तचापको विरामी हुँ । प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन ।
9. तपाईंले कानून व्यवसायी नियुक्त गर्नु भएको छ कि छैन ? यदि छैन भने तपाईले निःशुल्क रुपमा कानूनी सहयाता पाउन सक्नु हुन्छ भन्ने जानकारी तपाईलाई छ कि छैन ?
आलम – मैले आफ्नो कानून व्यवसायी नियुक्त गरेको छु । उहाँहरुले नै मेरो मुद्दा लड्नुहुन्छ

Comments

Popular posts from this blog

Dr CK Raut Biography Introduction leader of Nepal

Muhammad Aftab Alam Congress Leader attempted to murder